अपाङ्ग महासंघद्धारा दुई दिने अभिमुखीकरण तालिम शुरु
कौरव खत्री,
प्रकाशित २०७४ भदौ ३१ शनिबार
279
Shares
गुल्मी । राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल कार्यालयको आयोजनामा अपाङ्ग अधिकार सम्वन्धि महासन्धि २००६ विषयक दुई दिने अभिमुखीकरण तालिम गुल्मीमा सदरमुकाम तम्घासमा शनिबारदेखि शुरु भएको छ ।
सदरमुकाम तम्घासमा शुरु भएको तालिममा अपाङ्गतासँग सम्वन्धित शिक्षा,रोजगार,अबरोध,अपाङ्गमैत्री बातावारण साथै अपाङ्गताको निति नियमको व्यवस्था,बर्गीकरण,जनचेतना लगायतका विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले सहजीकरण गनुभएको छ ।
जिल्लामा अपाङ्गताको क्षेत्रमा क्रियाशील भई काम गदै आइरहेका गैर संघसस्थाहरुका करिव २५ जना अपाङ्ग प्रतिनिधि एवं संरक्षणकर्ताहरुको सहभागिता रहेको छ । भने महासंघका सावित्रा घिमिरे, मनोज पगेनी, सुरेश केसी शिला घिमिरेले तालिमको प्रशिक्षकले सहजीकरण गरेका छन् ।
उक्क्त तालिममा नेपाल अपाङ्ग एकता समाज गुल्मीका सचिव भिमप्रसाद पोखरेलले अझै पनि जिल्लाका विभिन्न विद्यालयहरुमा थुप्रै अपाङ्गता भएका विद्यार्थीहरुलाई पठनपाठनमा थप समस्या रहेको औल्याउँदै घरपरिवारमा समेत अपाङ्गता व्यक्ति बोझ र समाजले हेर्ने दृष्टिकोण फरक रहेको धारणा राखेका थिए ।