काँग्रेस नेता प्रदिप पौडेल जापान अध्यागमनमा रोकिएकोमा गिरीद्धारा दुख व्यक्त

प्रकाशित मिति : २०७४ असोज १ आइतबार

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदि पौडेल जापान प्रवेश गर्न नपाएकोमा जापानमा व्यवसाय गर्दै आएका व्यवसायी ऋृदिन्द्र गिरीले दुख व्यक्त गर्दै क्षमा याचना गरेका छन्। केन्द्रीय सदस्यद्धय धनराज गुरुङ र पौडेलहित ४ जनालाई जापान भ्रमणको निम्तो दिएका गिरी सोहि समयमा नेपाल आउनुपर्दा उहाँहरुलाई जापान प्रवेशमा रोक लागेकोमा दुख व्यक्त गर्दै क्षमायाचना गरेका हुन्। स्पोन्सर गरेको आफू जापान नहुँदा अध्यागमनमा उपस्थित हुन नसकेको कारणबाट नेपाल फर्कनुपर्दा उहाँहरुलाई परेको असुविधाप्रति गिरीले दुख व्यक्त गरेका हुन्। गिरीले वक्तव्य जारी गरेरै क्षमा मागेका हुन्। 

गिरीले जारी गरेको वक्तव्य यस प्रकार छः
प्रेस विज्ञप्ती

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र पत्रकार अनिल न्यौपानेलाई जापानको अध्यागमनबाट फिर्ता पठाईएको विषयमा स्पष्ट पार्नको लागि यो विज्ञप्ती जारी गरेको छु । म १४ वर्षदेखि जापानमा बस्दै त्यहाँ व्यवसाय तथा सामाजिक काममा संलग्न रहँदै आएको छु। समय समयमा नेपालबाट विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुलाई जापान भ्रमणका लागि बोलाउँदै नेपालको समृद्धीमा जापानबाट सिक्न सकिने विषयहरुमा छलफलहरु गराउँदै आएको थिए। यो पटक मेरो निमन्त्रणामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र प्रदीप पौडेल सहितको चार सदस्यीय टोली शनिबार साँझ जापानको राजधानी टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको थियो । जापान भ्रमण र भेटघाटकै लागि मैले निमन्त्रणा पठाएको र मेरै स्पोन्सरसिपमा उहाँ जापान आउनु भएको हो। तर विशेष कारणले शुक्रबार साँझ म अचानक नेपाल आउनु परेको थियो। म नेपाल आउने समयमा उहाँहरुको टिकट तथा भीसा निश्चित भईसकेकोले उहाँहरु जापान आउने तयारीमा हुनुहुन्थ्यो।  मैले नेपाल भ्रमणबारे उहाँहरुलाई जानकारी गराउने अवसर समेत पाइन। मेरो नेपाल भ्रमणको बारेमा जापानमा रहेका नेपाली जनसम्पर्क समितिका साथीहरुलाई जानकारी गराएको थिए। 

यसअघी म जापानमा नहुँदा पनि मैले स्पोन्सरसिप पठाएर जापान आउनुभएकाहरुलाई प्रवेश दिईएकोले म उहाँहरुको जापान प्रवेश सहज हुने विश्वासका साथ नेपाल आएको थिएँ । तर, जापानको अध्यागमनमा पुगेपछि उहाँहरु मध्ये दुई जनालाई प्रवेश दिईएको र बाँकी दुईजनालाई प्रवेश दिने बेलामा स्पोन्सर गर्ने व्यक्तिलाई बोलाउन भनिएपछि उहाँहरुले मलाई बोलाउनु भएको थियो । तर, म विशेष कामले नेपालमा भएकोले म अध्यागमनमा उपस्थित हुन नसक्दा नेता पौडेल र पत्रकार न्यौपानेलाई अध्यागमनले प्रवेश गर्न आनाकानी गरेको हो । जापानी अध्यागमनले भ्रमण भीसामा जापान आउने व्यक्तिको बारेमा स्पोन्सर गर्ने व्यक्तिसँग कहिलेकाँही सोधपुछ गर्ने क्रममा उहाँहरुलाई नै सोधिनु र म त्यहाँ नहुनु दुखद संयोग भयो। जापान सरकारले स्पोन्सर गर्ने व्यक्ति आउनै पर्ने भनेपछि मैले जापानमा रहेका मेरा सहोदर दाजुलाई त्यहाँ पठाए पनि स्पोन्सर गर्ने व्यक्ति नै आउनुपर्ने अडान अध्यागमनले राखेपछि नेता पौडेल र पत्रकार न्यौपाने सोही दिन नै नेपाल फर्किनुभएको छ । आईतबार विहान हङकङ आईपुग्नु भएका उहाँहरु आईतबार साँझ नेपाल आईपुग्दै हुनुहुन्छ । 

स्पोन्सरको हैसियतमा रहेको म विशेष कारणले नेपाल आउनु परेको बेलामा मेरै आतिथ्यतामा जापान भ्रमणमा जानुभएका नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल र पत्रकार अनिल न्यौपानेलाई पर्न गएको असुविधाप्रति क्षमा माग्छु।

ऋृदिन्द्र गिरि 
जापान हाल काठमाडौं

२०७४ असोज १ गते आईतबार

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ