arrow

‘बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा’

logo
प्रकाशित २०७४ असोज २ सोमबार
london-train.jpg

लण्डन। दुई दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ। बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको बताए।

उनले भने, “संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ।” बेलायतले लण्डनको भूमिगत रेलमा भएको घटनामा सम्लग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएपछि उक्त भनाई बाहिर ल्याएको हो। प्रहरीले सम्लग्न भएको आरोपमा अन्य केही जनाको खोजी गरिरहेको छ। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ