- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दक्षिणी मेक्सिकन शहरमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ४ जनाको ज्यान गएको सिएनएनले जनाएको छ । पुईब्ला राज्यको मूल शहरमा गएको शक्तिशाली भूकम्पकाकारण हजारौं मानिस प्रभावित भएको हुनसक्ने आशंका गरिएको छ ।
स्थिती अझै असामान्य रहेकोले क्षतिको आकलन समेत गर्न सकिएको छैन । नेपाली समय अनुसार ठीक १२ बजे गएको सो भूकम्प ७।४ म्याग्नेच्यूटको रहेको रोयटर्सले जनाएको छ । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार भने त्यो भूकम्प ७।१ म्याग्नेच्यूटको मात्रै हो ।