दीनानाथ शर्मा भन्छन् ‘माओवादी परिस्थिती अनुसार जुनसुकै दलसँग तालमेल गर्न सक्छ’
नारायण रिजाल,
प्रकाशित २०७४ असोज ८ आइतबार
681
Shares
बागलुङ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व शिक्षा मन्त्री दीनानाथ शर्माले आउँदो निर्वाचनमा नेकपा माओवादी केन्द्र परिवर्तनको पक्षधर जुनसुकै दलसँग परिस्थिती अनुसार तालमेल गरेर जान तयार रहेको बताएका छन । प्रेस सेन्टर नेपाल बागलुङ शाखाद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता शर्माले स्थानीय स्तरमा पार्टीको हित र अनुकुलता हेरेर तालमेलमा जान सकिने धारणा राखेका थिए ।
उनले संविधान कार्यान्वयनमा देखिएको आशंका समाप्त भएको बताउँदै मुलुक शान्ति र समृद्धिको युगमा प्रवेश गरेको गरिसकेको बताए । स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको उनकोे भनाइ छ ।
‘संविधानमा असन्तुष्ट पक्ष समेत निर्वाचनमा आइसकेको छ’ नेता शर्माले भने ‘संविधान कार्यान्वयको आशंका हटाई स्थानीय तहको निर्वाचनले राष्ट्रिय एकता पैदा गरेको बताए । संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायीत्व र समृद्धिको दिशामा अघि बढ्ने उनको भनाई रहेको छ ।