arrow

सैनिक ‘कू’ पछि थाई प्रमको पहिलो अमेरिका भ्रमण

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
chan-ocha-thailand-pm.jpg

वासिङ्टन। थाई प्रधानमन्त्री प्रच्युत चान ओचाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। थाई सैनिक सरकारका प्रमुख ओचा आगामी अक्टोबर ३ मा अमेरिका पुग्ने कार्यक्रम रहेको बताइएको छ। सो भ्रमणबारे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आज जानकारी गराएको छ।

उनले सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि ह्वाइट हाउसद्वारा दिइएको समाचारमा जनाइएको छ। थाई सैनिक सरकारका प्रमुखले पछिल्लो पटकको थाइल्याण्डमा भएको सैनिक ‘कू’ पछि अमेरिकाको भ्रमण गरेको यो पहिलो अवसर भएको पनि समाचारमा जनाइएको छ।

तीन बर्षअघि सन् २०१४ मा ओचा थाइल्याण्डको सेनाको कू पछि सत्तामा आएका हुन्। त्यस समय भने अमेरिकाले उनको कदमको विरोध गरेको थियो। त्यस समयका थाइल्याण्डका निर्वाचित प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई अपदस्थ गरी सरकार कब्जा गरेको थाई सरकारको कदमको अमेरिकाले विरोध गरेको थियो। त्यस कदमको प्राय विश्वका कैयौँ देशले विरोध गरेका थिए। तर आगामी अक्टोबर ३ मा अमेरिकी राष्ट्रपति ट्रम्पले नै राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा उनलाई स्वागत गर्ने कार्यक्रम रहेकोले अमेरिकाले थाइल्याण्डसँगको सम्बन्धमा सुधार ल्याउन चाहेको रुपमा लिइएको छ।

यही सम्बन्ध सुधारका लागि थाई प्रधानमन्त्री ओचा पनि अमेरिकाको भ्रमणमा जान लागेको थाई सरकारले जनाएको छ। थाइल्याण्डमा अहिले पनि सैनिक कानुन छ। त्यहाँ विरोध प्रदर्शनहरु प्रतिबन्धित छन् भने राजनीतिक दलका कैयौँ नेतालाई जेल हालिएको छ।

थाई सैनिक सरकारका प्रमुख ओचालाई अमेरिकी राष्ट्रपति ट्रम्पले गत अप्रिल महिनामा फोनबाटै आमन्त्रण गरेको समाचार आएको थियो। यस भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्धमा सुदृढिकरणका साथै द्विपक्षीय सहयोग र साझेदारीका विविध आयामका बारेमा पनि कुराकानी हुने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ