arrow

म्यानमार २८ जना हिन्दू नागरिकको शव भेटियो

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
myanmar-28-hindu-dead.jpg

याङ्गुन। म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउ क्षेत्रमा २८ जना हिन्दू गाउँलेको शव भेटिएको छ। म्यानमारको सरकारी समाचार समितिले दिएको समाचार अनुसार गत अगस्त २५ मा आराकान रोहिङ्गा सल्भासन आर्मी (एआरएसए) अतिवादीका करिब ३ सय आतंककारीले गरेको आक्रमणमा ती २८ व्यक्ति मारिएको अनुमान गरिएको छ।

यद्यपि यस विषयमा अझै अनुसन्धान जारी रहेको बताइएको छ। म्यानमारको राखिन राज्यमा रोहिङ्गा मुसलमान समूदायको बसोबास रहेको छ। उक्त समुदायका नागरिकहरुको बस्तीमा गत अगस्ट २५ बाट जारी द्वन्द्वमा चार लाख ३६ हजार नागरिक भागेर बङ्गलादेश बिस्थापित भएका छन्।

बङ्गलादेश जाने क्रममा र राखिन राज्यमा नै द्वन्द्वको क्रममा सयौँ व्यक्तिले ज्यान गुमाएका छन्। ज्यान गुमाउने रोहिङ्गा मुसलमान र हिन्दू दुवै रहेका छन्। रोहिङ्गा समुदायसँगको झडपका कारण ती हिन्दूहरु मारिएका हुनसक्ने अनुमान गरिएको भए पनि यसको तथ्य भने बाहिर आएको छैन। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ