राष्ट्रपतिले दशमीका दिन एक घण्टा सर्वसाधारणलाई टीका लगाइदिने
प्रकाशित २०७४ असोज ११ बुधबार
415
Shares
काठमाडौँ । बडादशैं २०७४ को अवसरमा यही असोज १४ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइ दिने भएकी छिन् ।
एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ ।
कार्यालयका अनुसार सो दिन शीतलनिवासको गेट नं १ को ढोका खुला रहनेछ ।