- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल । अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा परी थुप्रै सर्वसाधारण मारिएका छन् ।
अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेपछि अमेरिकाले जवाफी कार्वाही गरेको हो ।
अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको जनाइएको छ ।
अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन ।
अमेरिकाले ३,००० अमेरिकी सेना अफगानिस्तान पठाउने निर्णय गरिसकेको छ ।