arrow

एमाले फेरि पहिलो पार्टी हुन्छः सचिव ज्ञवाली

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
Pradip-gywali-news.jpeg

नवलपरासी। नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन्। नवलपरासीमा नेकपा (एमाले), सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो विचार व्यक्त गरेका हुन्।

सो अवसरमा नेता ज्ञवालीले विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। उनले अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बन्ने जिकिर गरे। नेता ज्ञवालीले प्रदेश नं २ को चुनावमा सिट संख्याको हिसाबले कमजोर देखिए पनि समग्र भोटको हिसाबले एमाले दोस्रो नम्बरमा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे।

एमालेलाई निषेध गर्दा पनि एमालेको पक्षमा जनलहर देखिनुले जनता एमालेप्रति आशावादी छन् भन्ने प्रमाणित भएको उनको जिकिर थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ