सडकमार्ग हुँदै २२ लाख बढीले राजधानी छोडे, गाडीवालाबाट जनप्रतिनिधि नै ठगिए
प्रकाशित २०७४ असोज १२ बिहिबार
387
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा बस्ने २२ लाख बढी नागरिक सडक मार्ग हुँदै दशैं मनाउन घर फर्किएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले २७ गतेदेखि टिकट बुकिङ खुला गरेयता सडक मार्ग हुँदै २२ लाख बढी राजधानीबाट बाहिरिएको जानकारी दिए ।
एसएसपी रन्जितकारले यो सडकमार्ग हुँदै घर फर्किएकाहरुको मात्रै तथ्याङक भएको बताए । उनले काठमाडौंको चार नाकाबाट दशैँका लागि घर जानेहरु बाहिरिने क्रम जारी नै रहेको पनि बताएका छन् ।
दशैंमा घर जानेहरुलाई सहज रुपमा पठाउन र सडक दुर्घटना न्युनीकरण गर्न उपत्यका बाहिरीने नाकामा कडाइका साथ चेकजाँच थालिएको र अहिलेसम्म ठूला दुर्घटना भएको खबर नआएको उनको भनाई छ । छिटपुट घटना सुनिएका छन्, उने भने ।
जनप्रतिनिधि ठगिए
दशैँको बेलामा घर फर्किने क्रममा सर्वसाधारण यातायात व्यवसायीबाट ठगिएको गुनासो आएको छ । सार्वजनिक सवारी साधनहरुले तोकिएभन्दा बढी भाडा लिने मात्र नभई गन्तव्यमा नपु¥याई बीचमै अलपत्र पार्ने गरेका छन् । सर्वसाधारण भन्दा पनि भरखरै निर्वाचित जनप्रतिनिधि समेत ठगिएको खुल्न आएको छ ।
सिन्धुलीको उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर पुनले आफु ठगिमा परेको गुनासो गरेका छन् । ‘मजत्तिको मान्छे त ठगिएँ भने सर्वसाधारणको अवस्था के होला, –भनेका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष डोलराज खनालले ठगिएका यात्रुले सप्रमाणसहित उजुरी दिए कानुन बमोजिम कारबाही हुने र ठगि गर्नेलाई महासंघले समेत सवारीको अनुमति खारेजी तथा समितिलाई निलम्बनसम्मको कारबाही गर्नें बताएका छन् ।
उनले भने, ‘आधिकारिक काउन्टरबाट काटेको टिकटमा त्यसो हुनैँ सक्दैन । बाटोमा कल्ले के गरे भन्नेबारे सम्बन्धित व्यक्तिहरु नै जिम्मेवार हुन्छन् । ठगि भएको भए उजुरी दिन सकिन्छ ।’