arrow

टीकाको दिन ठूलो पानी नपर्ने, छाता बोक्नै पर्ने

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
weather.JPG

काठमाडौं । मौसमविदहरुले यो वर्षको दशैँको टीकाको दिन वर्षाले खासै प्रभाव नपार्ने बताएका छन् । मौसमविद मिनकुमार अर्यालका अनुसार शनिबार विजयादशमीको टीकाको दिन ठूलो पानी पर्ने सम्भावना न्यून छ ।

साथै टीकाको दिन केही स्थानमा छिटपुट वर्षा हुने भएकाले छाता बोकेर हिड्नु उपयुक्त हुने मौसमविद अर्यालको सुझाव छ ।

नेपालमा मनसुन कमजोर भइसकेकाले भोलिका दिन मनसुनको ठूलो प्रभाव नरहने समेत मौसमविद् अर्यालले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ