पर्सामा लागूऔषध कारोबारीलाई सघाएको आरोपमा ६ प्रहरी निलम्बन
प्रकाशित २०७४ असोज १४ शनिबार
701
Shares
पर्सा । लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरी छाडेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २ प्रहरी नायव निरीक्षक सहित ६ प्रहरीलाई निलम्वन गरेको छ ।
लागूऔषध तस्करसित मिलोमतो गरेको प्रमाण भेटिएकाले प्रसौनिभाटाका प्रहरी सहायक निरीक्षक अनिल महतो र सबैठबाका प्रहरी सहायक निरीक्षक महानन्द यादवसहित ६ जनालाई निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । भएको छ । निलम्बनमा पर्ने अन्य प्रहरीमा हबलदार मनोज मण्डल, जवानहरु सञ्जय यादव, प्रदीप साह र असर्फी साह छन् ।
ु
गत ८ गते प्रसौनिभाटा चोकबाट चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरी कारवाही नगरी भगाएको उनीहरुमाथि आरोप लागेको छ । प्रहरी आचरणविरुद्ध काम गरेको पाइएकाले निलम्वन गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शाहीले बताए ।