arrow

महंगा विमान चढेपछि अमेरिकी स्वास्थ्यमन्त्रीको बेइज्जत, पदबाट राजीनामा

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
USA.jpg

एजेन्सी । अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन्। सरकारी कामको सिलसिलामा महंगा निजी विमानको यात्रा गरेकोमा व्यापक आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ।

ट्रम्पले प्राइसबाट आफू  निराश बनेको प्रतिक्रिया दिएका छन्। बीबीसीले भनेका छ, ‘राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा दिएको सन्देश र उनका मन्त्रीबाट निजी विमानहरुको प्रयोगबीच तालमेल देखिंदैन।’

विद्यमान नीतिहरुमा जोड दिंदै ह्वाइट हाउसका बजेट प्रमुखले उच्च अधिकारीहरुलाई समेत सरकारी कामको सिलसिलामा व्यापारिक विमानहरुबाट यात्रा गर्ने विकल्प न्यून भएको सन्देशसहित कर्मचारीहरुलाई चिठी पठाएका छन्।

कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा छन्। ट्रम्प प्रशासनबाट राजीनामा दिने वा बर्खास्त हुनेहरुको लम्बिदो सूचीमा प्राइस थपिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ