arrow

बडादशैंको टीका लगाउने क्रम जारी, कतै दशमीमै सकियो

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
dashain-tika-2073-1.png

काठमाडौं । बडादशैंको टीका लगाउने क्रम मुलुकका अधिकांश ठाउँमा जारी रहेको छ । विजया दशमीको साइत हेर्ने गरिए पनि एकादशीदेखि पूर्णिमासम्म जुनसुकै समयमा पनि टीका लगाउने गरिन्छ ।

पश्चिमी क्षेत्रहरुमा भने एक दिन दशमीका दिन मात्र टीका लगाउने गरिन्छ । तर पछिल्ला केही वर्षदेखि भने पश्चिमी भेकमा पनि टीकाको समय लम्बिन थालेको छ । 

नवरात्रमा भवानी नवदुर्गाको आराधना गरिएको प्रसाद टीका जमरा मान्यजनको हातबाट लगाउने क्रम पूर्णिमासम्मै लगाउन मिल्ने उल्लेख गरिएको छ । 

घरका र नजिक भएका मान्यजनसँग विजयादशमीका दिन टीका लगाउने र भोलिपल्टदेखि टाढा रहेका आफन्तकहाँ जाने चलन यातायातका साधन चल्न थालेपछि सहज भएको हो । 

तर भ्याएसम्म दशमीकै दिन टीका लगाउनुपर्छ भन्ने मान्यता छ। सरकारले बडादशैंका लागि सप्तमीदेखि द्धादशीसम्मका लागि सार्वजनिक बिदा दिएको छ । 

यो समयलाई कसैले बढाउनु पर्छ भनिरहेका छन् भने टीका नलगाउनेहरुले घटाउनु पर्ने आवाज उठाइरहेका छन् । विद्यालयहरु भने कम्तिमा पूर्णिमासम्मै बिदा हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ