arrow

पहिरोले सिद्धार्थ राजमार्गमा यात्रुलाई सकस

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
palpa-butwal_marga.jpg

बुटवल । पहिरोका कारण सिद्धार्ग राजमार्गमा यात्रुलाई सकस भएको छ । बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएपछि बडादशैंका लागि जाने र बडादशैं सकेर काममा फर्कने यात्रुको विचल्ली भएको छ । 

शुक्रबारदेखि अवरुद्ध सडक पटक पटक एकतर्फी संचालन हुँदै पुनः अवरुद्ध हुने गरेको छ । 

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धाबाबा नजिकै पहिरो गएका कारण सो रुट भएर चल्ने सवारीसाधनहरु एकतर्फी रुपमा चलिरहेको जनाएको छ । 

जसका कारण बुटवल,पाल्पा सडक खण्ड हुँदै चल्ने सवारी साधन प्रभावित भएका छन् । 

बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ