बुटवल । पहिरोका कारण सिद्धार्ग राजमार्गमा यात्रुलाई सकस भएको छ । बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएपछि बडादशैंका लागि जाने र बडादशैं सकेर काममा फर्कने यात्रुको विचल्ली भएको छ ।
शुक्रबारदेखि अवरुद्ध सडक पटक पटक एकतर्फी संचालन हुँदै पुनः अवरुद्ध हुने गरेको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धाबाबा नजिकै पहिरो गएका कारण सो रुट भएर चल्ने सवारीसाधनहरु एकतर्फी रुपमा चलिरहेको जनाएको छ ।
जसका कारण बुटवल,पाल्पा सडक खण्ड हुँदै चल्ने सवारी साधन प्रभावित भएका छन् ।