arrow

गुलरियामा अनिश्चितकालीन कफ्र्यु आदेश

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
gulariya.png

बर्दिया। जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ। आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो।

झडपमा पाँचजना सामान्य घाइते भएका थिए। सो घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कफ्र्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

उनका अनुसार स्थिति साम्य नभएसम्म कफ्र्यु आदेश जारी रहनेछ। दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ