arrow

अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५९ जना मारिए, ५२७ घाइते

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
las-vegas-update.jpg

लस भेगास । अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति एक कन्सर्टमा  भएको गोलीकाण्डमा कम्तीमा ५९ जनाको ज्यान गएको छ । घटनामा ५२७ जना घाइते भएका छन् ।

लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५९ जनाको ज्यान गएको पुष्टी भएको छ ।

सो होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आम हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ बर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो ।

प्रहरीले गोली हान्ने व्यक्तिको घरमा छानबिन गर्दा हजारौं राउण्ड गोलाबारुद बरामद गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ