फोरम नेपालका उपमहासचिव तथा सांसद् अभिषेकप्रताप साहले पार्टी छाडे, काँग्रेस प्रवेश गर्दै
प्रकाशित २०७४ असोज १७ मंगलबार
460
Shares
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सांसद् अभिषेक प्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । कपिलबस्तु क्षेत्र नं ५ का सांसद् साहले मंगलबार हाम्राकुरा डटकमसँग कुराकानी गर्दै आफूले पार्टी परित्याग गरेको जानकारी दिए । नेपाली काँग्रेसको शुभेक्षुक संस्था नेपाल प्रेस युनियनको व्यानरमा पत्रकार सम्मेलन गरेका उनले आफू छिट्टै नै नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी भईरहेको बताए ।
सांसद् साहले पार्टी छाड्ने तयारी गर्दैगर्दा फोरमका नेपालका नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । उनले फोरम नेपालको नेतृत्वलाई मधेशलाई २ नम्वर प्रदेशमा मात्रै सीमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम घोटाला गरेको लगायतका आरोप लगाएका छन् । उनले आजकै मितिदेखि आफू सो पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे ।