arrow

सूर्य चिह्न लिएर निर्वाचनमा जान माओवादी हच्कियो 

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
uml-flag.png

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै चुनाव चिह्न लिएर होमिने प्रारम्भिक समझदारीमा नेकपा माओवादी केन्द्रका नेताहरु हच्किएका छन् । मंगलबार दिउँसो भएको दुई पक्षीय छलफलमा माओवादी पनि सूर्य चिह्न लिएर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी हुने प्रस्तावमा माओवादी नेताहरु हच्किएका हुन् । 

सात बुँदे समझदारीको मस्यौदामा माओवादी नेताहरुले सूर्य चिन्ह लिएर जान प्रस्ताव गरेको भन्ने विषय सार्वजनिक भएको भएपनि अन्त्यमा माओवादीका नेताहरु हच्किएको एमाले निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादी नेताहरु पछिल्लो समय सूर्य चिह्नमा निर्वाचन लड्दै गर्दा एमालेले पछि धोका दिएर फेरि अर्काे पार्टी बनाउनु परेको खण्डमा आफ्नो अस्तित्व नै समाप्त हुने देखेर तत्काल एमालेलाई अविश्वास गर्दै आ आफ्नो चिह्नबाट निर्वाचन अड्ने पक्षमा पुगेका थिए । 

उनीहरुले अहिले प्राविधिक गडबढीका कारण आ आफ्नै चुनाव चिह्नमा लड्ने बताएको भएपनि उनीहरुले एमालेलाई तत्काल विश्वास गर्न सक्ने अवस्था नरहेकोले एउटै चुनाव चिह्नको समझदारी पूरा नभएको माओवादीका एक नेताले जानकारी दिए । 

दुई पार्टीबीचको चुनावी तालमेल र दुई पार्टीबीचको एकताको घोषणा मंगलबार साँझ ५ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । यस अघि भएको सात बुँदे समझदारीमा यही चुनाव चिह्नको विषय बाहेक अरु सबै विषयलाई सदर गरेर पत्रकार सम्मेलन गर्न लागिएको बैठकमा सहभागी नेतहरुले बताएका छन् । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ