तीन दलबीच विरोध गर्न नपाउनेदेखि तालमेलगर्नेसम्मका ६ बुँदे सहमती
प्रकाशित २०७४ असोज १७ मंगलबार
512
Shares
काठमाडौं । एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति नेपालबीच विभिन्न ६ बुँदामा सहमति भएको छ । मंगलबार साँझ राष्ट्रिय सभागृहमा भएको पत्रकार सम्मेलनमा यी तिन दलले विभिन्न ६ बुँदामा सहमति गरेका छन् ।
उक्त सहमतिको पहिलो बुँदामा प्रतिनिधि सभा र प्रदेश सभापछि यी पार्टीबीच एकीकरण गर्नको लागि ८ सदस्यीय एकीकरण संयोजन समिति गठन गर्ने, तीनवटै पार्टी सम्मिलित समितिले विधान तयार पार्ने गरी सोही विधान अनुसारको एकीकृत पार्टी निर्माण गर्ने, निर्वाचन अघि यी तीनवटै पार्टीका नेताहरुले एकीकरण अघि एकले अर्कालाई सार्वजनिक आलोचना गर्न नपाउने, प्रतिनिधि सभा तथा प्रदेश सभाका निर्वाचनमा नयाँ शक्ति लगायतका दलहरुलाई दिएर एमाले र माओवादीका उम्मेदवारहरुको भागमा परेको बाँकी मध्ये ६० प्रतिशत एमालेलाई र ४० प्रतिशत माओवादी केन्द्रका उम्मेदवार हुनेगरी उम्मेदवार उठाउने, निर्वाचनमा साझा घोषणापत्रका साथ होमिने र निर्वाचनमा सहकार्यका लागि लोकतान्त्रिक शक्तिहरुलाई आग्रह गर्ने उल्लेख गरिएको छ ।