arrow

काँग्रेससंग छलफल गर्न दलहरु आन्तरिक छलफलमा 

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
rpp-democratic1.jpg

काठमाडौँ । चुनावका बेलामा बाम गठबन्धन भएपछि नेपाली काँग्रेस पनि प्रजातान्त्रिक धारसंग एकता गरी अगाडि बढ्ने सोचमा लागेको छ । 

मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी एकता भएपछि काँग्रेस पनि एकता गरी अगाडि बढ्न कसरी सकिन्छ भन्ने सोचमा लागेको हो । 

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् । 

देउवाले बुधबार राप्रपा प्रजातान्त्रिक र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षसंग पनि छलफल गर्दैछन् । 

यसैबीच, राप्रपा प्रजातान्त्रिकले काँग्रेससंग छलफलमा बस्नुअघि आन्तरिक छलफल गर्ने भएको छ । 

पार्टी महामन्त्री धु्रबबहादुर प्रधानका अनुसार पार्टीको छलफल बुधबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकले निकालेको निचोडपछिमात्र प्रधानमन्त्री देउवासंग छलफलमा बस्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ