काँग्रेस तनहुँ १ मा भेट्रानहरुको प्रतिस्पर्धा, २ मा प्रदिप पौडल पहिलो नम्बरमा
प्रकाशित २०७४ असोज १८ बुधबार
579
Shares
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभाको सदस्यको लागि सिफारिसमा परेका छन् । नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता पौडेलको नाम तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभाको लागि सिफारिसमा परेका मध्ये पहिलो नम्बरमा रहेको छ । पौडेल सहित क्षेत्र नं २ बाट संसदीय दलका सचिव ध्रुव वाग्ले, उपसभापति जीतप्रकाश आले, महाधिवेशन प्रतिनिधि पुष्पराज पराजुली तथा नेतृ चन्द्रकला भट्टराईको नाम सिफारिस गरेको तनहुँ काँग्रेसले जनाएको छ ।
आसन्न प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसले देशका विभिन्न स्थानहरुमा उम्मेदवार चयनका गरिरहेको छ । प्रतिनिधि सभा सदस्यको लागि २ सिट र प्रदेश सभा सदस्यको लागि ४ सिट रहेको जिल्लामा प्रतिनिधि सभाको १ नं क्षेत्रमा भने काँग्रेसका चर्चित नेताहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसको राजनीतिमा सधैं चर्चामा आईरहने नामहरु क्षेत्र नं एकबाट सिफासिरमा परेका छन् ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने चाहना गरेको तनहुँ क्षेत्र नम्बर १ मा उनीसँगै आधा दर्जन काँग्रेसी नेताहरुले आकांक्षा देखाएका छन् । सो क्षेत्रमा पौडेलसँगैका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी तथा केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई तथा सांसद रामचन्द्र पोख्रेलसँगै महिला संघ तनहुँकी पूर्व सभापति शशि आचार्यसमेतको नाम सिफारिस गरेर पठाएको छ।
यसरी क्षेत्र नं एकमा भेट्रानहरुको भीडन्त भईरहँदा क्षेत्र नं २ मा भने प्रदीपको नै नाम पहिलो नम्बरमा परेको छ । यो सिफारिस अब केन्द्रीय समितिमा आईसकेपछि टिकटको निक्र्यौलभने काँग्रेसको केन्द्रले नै गर्नेछ । यसमा कसले केन्द्रमा समेत आफ्नो प्रभाव देखाउन सक्छ उसैले टिकट पाउने निश्चित छ ।