arrow

आदिनाथको मन्दिरमा एकमहिने मेला शुरु

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
Historicl_kathmandu_1.jpg

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एकमहिने मेला शुरु भएको छ । 

प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेला लाग्ने गर्दछ । 

मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । 

उक्त मन्दिरमा मेला भरेमा ठूलाठूला रोग नलाग्ने, कुष्टरोग निको हुने जनविश्वास छ । 

पारिवारिक सुख, समृद्धि कायम हुने स्थानीय बूढापाका बताउँछन् । 

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । 

पुजारी सरोज शाक्यका अनुसार उक्त स्थानमा प्रत्येक वर्ष चैतेदशैंका दिन पनि मेला लाग्ने गर्दछ । 

यो एक महिनाको अवधिमा भक्तजन निर्जला वर्त पनि बस्ने गर्छन् । 

पुरातत्व विभागले मन्दिर जीर्ण भएका कारण मर्मत सम्भार पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ