arrow

३३ दलीय मोर्चा एमाले–माओवादीको वाम गठबन्धनमा

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
baburam-prachanda-kp.jpg

काठमाडौँ । साना पार्टीको ३३ दलीय मोर्चाले माओवादी केन्द्रको निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएको छ ।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकताको अभ्यास सुरु भएपछि मोर्चाका तर्फबाट विहिबार यस्तो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरे ।  यस्तै, संसद्मा प्रतिनिधित्व गर्ने समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसद्मा एक–एक सिट छ ।

नेकपा संयुक्तले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बैठकले यो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ