arrow

भारतमा राष्ट्रिय र राज्य सभाको निर्वाचन एकैचोटी गर्ने तयारी

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
india-map-and-flag-1310791.png.png

नयाँदिल्ली। भारतको राष्ट्रिय निर्वाचन आयोगले आउदो बर्ष सन् २०१८ मा राज्य सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन एकैपटक गर्न तयार रहेको जनाएको छ। “हामी तोकिएकै समयमा सन् २०१८ को सेक्टेम्बरमा एकसाथ निर्वाचन गराउन व्यवस्थाकीय हिसावले तयार छौं, यसका लागि अव सरकारको तर्फबाट निर्णय आउन र कानुनी व्यवस्था गर्न आवश्यक छ,” आयोगका आयुक्त ओ.पी. राउतले पत्रकारहरुसँग भने।

आयोगका उच्च अधिकारीहरुले अर्को बर्ष निर्वाचन गर्नका लागि आयोगले विद्युतीय मतदान यन्त्र तयार पार्न लगाईसकेको जानकारी दिए। उनका अनुसार अर्को बर्ष सम्ममा तयार हुनेगरी काम भइरहेको छ। हामीसँग जति मतदाता हुन्छन्, ती सवैको सम्पूर्ण विवरण सन् २०१८ को सेप्टेम्बर २ सम्ममा हामीले रुजु गरेर सक्नेछौं, उनले भने।

भारतमा आउदो सन् २०१९ सम्ममा आम निर्वाचन गरिसक्नु पर्ने अवस्था रहेको छ। तर सवै राज्यहरुमा त्यही बर्ष नै निर्वाचन गराउनु पर्ने तालिका भने छैन। भारतमा हरेक पाँच पाँच बर्षमा निर्वाचन हुने गर्दछ।  रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ