कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, संसदीय बोर्ड बनाउँदै
प्रकाशित २०७४ असोज २० शुक्रबार
187
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहान बस्दैछ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै गरेको बैठकले संसदीय बोर्ड बनाउने जनाइएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने छ । सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो ।