arrow

कांग्रेस केन्द्रीय समितिको बैठक अढाई घण्टा ढिला गरी सुरु

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
congress-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अढाई घण्टा ढिला गरी सुरु भएको छ । शुक्रबार बिहान ८ बजे बोलाइए पनि १०ः३० बजेमात्र सुरु भएको हो । 

प्रधानमन्त्री निवास वालुवाटारमा बिहान डाकिएको बैठकका लागि केन्द्रीय समिति सदस्यहरु आउने जाने क्रम चलिरहेको थियो । तर बैठक भने ढिला गरी सुरु भएको हो ।  

वृहत लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक बसिरहेकाले उक्त बैठक नसकिउन्जेलसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेको बताइएको थियो । 

कार्यदलको बैठक वालुवाटारमै जारी छ । 

केन्द्रीय समिति बैठकले संसदीय बोर्ड बनाउने लगायतका एजेन्डामा छलफल गर्दैछ ।  

बोर्डमा बस्ने सदस्यहरुका लागि अहिले रस्साकस्सी चलिरहेको बताइन्छ । 

बोर्डले नै आसन्न निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउने भएकाले पनि शिर्ष नेताहरु बीच हानथाप चलिरहेको स्रोतले बताएको छ । 

नेताहरु गुटबन्दीमा बस्न थालिसकेका छन् । 

सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकी सबै समस्याको समाधान गर्न बैठक डाकेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ