पाल्पा । माथागढी ६ गोठादीका मान बहादुर ढेंगाले चिर्पट प्रहार गरि आफ्नै दाजुको हत्या गरेका छन् । अत्यधिक मात्रमा मदिरा सेवन गरि ६४ वर्षिय लेख बहादुर ढेंगालाई गाई भैसीलाई कुडो नपकाएको निहुँमा भाई मान बहादुर ढेंगाले चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्याका अभियुक्ता मान बहादुरलाई आवश्यक कानुनी कार्वही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।