लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक शुक्रवार साँझ पनि
प्रकाशित २०७४ असोज २० शुक्रबार
244
Shares
काठमाडौं । नेपाली काँग्रेस सहितका ६ दल सम्मिलित लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील गठबन्धनको दोस्रो बैठक शुक्रबार साँझ पनि बस्यो। विहान बसेको बैठकमा सबै दलका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
पहिलो बैठकले विहान कार्यदलका संयोजक तोकेर सामान्य विषयमा छलफल गरेको भएपनि अहिले सोही छलफललाई मूर्तरुप दिन बैठक बसेको हो । विहानको बैठकमा चुनावमा कसरी जाने रु सिटको तालमेल कसरी गर्ने, निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु लगायतका बारेमा सबै दलका प्रतिनिधिले स्पष्ट रुपमा कुराकानी राखेको र अबको बैठकमा थप छलफल गर्ने सहमति भएको थियो।
उक्त कार्यदलको विहानको बैठकले काँग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधिलाई संयोजक तोकेको थियो। निधिकै संयोजकत्वमा बैठक बसेको हो ।