अघिल्लो चुनावमा हारेका र समानुपातिकलाई नदोहोर्याउने काँग्रेसको निर्णय
प्रकाशित २०७४ असोज २० शुक्रबार
412
Shares
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठक साँझ साढे ६ बजेतिर सम्पन्न भएको हो । बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको जनाईएको छ । साथैं आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवार चयन गर्ने मापदण्डको विषयमा छलफल भएको थियो ।
बैठकले यस अघि समानुपातिक निर्वाचन प्रणालीका तर्फबाट सांसद् बनेकालाई अब टिकट नदिने मापदण्ड तय गरेको छ । साथै पहिले विविध कारणले चुनाव हारेकालाई पनि फेरि टिकट नदिने विषयमा सहमती जुटेको छ ।
त्यस्तै, बाम एकताको जस्तै बृहद् लोकतान्त्रिक राष्ट्रवादी प्रगतीशील मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि काँग्रेसले गरेको छ । त्यस्तै, संसदीय बोर्ड गठनको लागि बरिष्ठ नेताहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय पनि गरिएको काँग्रेस नेताहरुले जनाएका छन् ।