arrow

चीनमा एक हजार बर्ष पुरानो विद्यालय पुनः संचालनमा

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
china-flag.png

जिनान। चीनमा झण्डै एक हजार बर्ष पुरानो माध्यामिक विद्यालय पुर्ननिर्माण गरी संचालनमा ल्याइएको छ। चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा संचालनमा ल्याइएको सो ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसी मन्दिरको रुपमा चिनिन्छ।

१०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालमा क्षतिग्रस्त भएको थियो। त्यसलाई १३६८ देखि १६४४ सम्मको मिङ राजबंशीयकालको सुरुमा फेरी बनाइएको थियो।

सो कन्फ्युसी मन्दिरमा तीन तह सम्म कन्फ्युसियस शिक्षा र उनका मुल्य मान्यताहरुका बारेमा पढाइने गरिएको थियो। नयाँ चीन बनेपछि सो मन्दिर मर्मत संहारको अभावमा जीर्ण बन्दै गएको थियो र एक पटक प्राथमिक विद्यालयको लागि प्रयोग भएको थियो। पछिल्लो समयमा स्थानीय सरकारले सन् २००५ मा पुर्ननिर्माण गरेको थियो भने सर्वसाधारणका लागि सन् २०१०मा खुल्ला गरेको थियो।

चीनको नयाँ बर्षको अवसर पारेर अहिले त्यसलाई मन्दिरबाट कन्फ्युसी शिक्षा फेरी सुरु गरेर विद्यालयको रुपमा संचालनमा ल्याइएको हो। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ