- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी राष्ट्रपति पुटिनको जन्मदिनम विरोध प्रदर्शन भएको छ । योसंगै विपक्षी नेता एलेक्सेइ नभाल्नीका पक्षमा रुसभर र्याली भएका छन् ।
रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका छन् ।
नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने प्रदर्शनकारीको माग छ ।
मुख्य विरोध केन्द्र सेन्ट पीटर्सबर्र्गमा झडपहरु भएका र दर्जनौं गिरफ्तार भएको बताइएको छ।
र्याली राष्ट्रपति भ्लादिमिर पुटिनको ६५ औं जन्मदिनका दिन भएको हो ।