arrow

सर्वोच्चले गोपाल खड्कालाई काममा फर्कायो

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
Gopal-Bahadur-Khadka.jpg

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमको प्रबन्धन निर्देशकबाट हटाइएको गोपाल खड्कालाई पुनःवहालीको बाटो खोलिदिएको छ ।

पेट्रोलियम पदार्थ भण्डारणका लागि निगमले जग्गा किन्दा अनियमितता गरेको भन्दै संसदका विभिन्न समितिले भनेपछि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदमुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्काले दर्ता गरेको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले खड्का काममा फर्किने बाटो खोलिदिएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले  मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । यो आदेशले खड्कालाई काममा फर्किन बाटो खुला भएको छ ।

संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले स्थलगत अनुगमन गरेर निगमले देशका विभिन्न स्थानमा पेट्रोलियम भण्डारणका लागि जग्गा किन्दा करोडौँ अनियमितता गरेको प्रतिवेदन तयार पारेको थियो । यस्तै संसदको सुशासन समितिले समेत आपूर्ति सचिवलाई बोलाएर सोधेपछि अनियमितता भएको प्रमाणित भएपछि पदमुक्त गर्न प्रधानमन्त्रीको कार्यालयमा चिठि पठाइएको थियो ।

असोज २ गते बसेको बैठकले खड्कालाई पदमुक्त गरेको निर्णय गरेकामा खड्काले आफु विदा बसेका बेलामा आफुलाई हटाउने निर्णय गरेको भन्दै आफ्नो कार्यकाल अझै बाँकि रहेको भन्दै पुनःवहालीका लागि रिट निवेदन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ