भ्रष्टाचार रोक्ने सूत्रसहित काँग्रेस सांसद गुरुङले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव
संसदको विकास मितिले समेत भ्रष्टाचार गर्यो
प्रकाशित २०७४ असोज २२ आइतबार
405
Shares
काठमाडौं । काँग्रेस सांसद धनराज गुरुङले व्यवस्थापिका संसदमा नेपालको भ्रष्टाचार न्यून गर्न विद्युतीय मुद्रा प्रणाली लागु गर्न भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गएका छन् ।
सांसद गुरुङले नेपालमा जताततै भ्रष्टाचार मौलाएको भन्दै यसको एउटै उपाय विद्युतीय मुद्रा प्रणाली भएको उल्लेख गरेका छन् ।
सार्वजनिक महत्वको प्रस्तावमा सांसद गुरुङले नेता, कर्मचारी, सुरक्षा निकाय लगाउत संसदीय समितिबाट समेत भ्रष्टाचार भएको भनि उल्लेख गरेका छन् ।
सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुको कारण बताउँदै उनले हाम्राकुरासँग भने, ‘तपाईलाई अझ प्रष्ट पारौँ संसदीय समितिहरुले पनि नीतिगत भ्रष्टाचार गरेको देखियो । जस्तो संसदको विकास समितिले एनसेललाई फोरजीको अनुमति देउ भन्नुका पछाडि थुप्रै आर्थिक चलखेल देखियो ।’ यो कहीँ लुकेको छैन ।
विद्युतीय प्रणालीबाट सबै काम भए न्यून विजकीकरण राख्न पाउँदैनन् । नक्कली व्याटविल बनाएर ठगि गर्न पाउँदैनन् । विद्युतीय डेभिड र क्रेडिट कार्डको सिस्टम सुरु गर्नु पर्नेमा सांसद गुरुङले जोड दिएका छन् ।