arrow

अझै सुध्रिएको छैन काँग्रेस

logo
आकाश शर्मा,
प्रकाशित २०७४ असोज २३ सोमबार
Deuw-Poudel-Sitaula.jpg.jpeg

काठमाडौंमा साम्यवादसम्म पुग्ने भन्दै एमाले, माओवादी र नयाँ शक्ति पार्टी चुनावी तालमेल गर्दै पार्टी एकिकरणको खाका वनाइरहँदा नेपाली काँग्रेसभित्र दुनियाँ हसाउने काम भइरह्यो। काँग्रेसका एक नम्वर र दई नम्वरका नेताहरुको जिल्लाबाट बएका खवरहरु काँग्रेसका कुनै पनि तहका नेता कार्यकर्ताको लागि पनि उत्साह जगाउने थिएनन्। 

नेपाली काँग्रेसले आफ्ना स्थानिय पार्टी कमिटिहरुलाई प्रत्यक्ष र समानुपातकि पदमा उमेद्वार हुन चाहेका संघीय संसद र प्रादेशिक संसदका आकाँक्षीहरुलाई सिफारिस गर्न जिम्मा दिएको थियो। जिम्मेवारी पाएकाहरुले आफ्नो काम पुरा नहुँदै काँग्रेसमा ' कहि नभएको जात्रा हाँडिगाउँमा ' झै भयो । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लामा जिल्लाका पार्टी सभापतिले सिफारिस गरेर केहि नाम पठाए। त्यसको समानान्तर अर्को सिफारिस जिल्लाका स्थानिय केहि नेताले गरे। केन्द्रीय सभापतिको नाम दुवैले सिफारिस गरेपनि बाँकी अरु नाममा कहि पनि एकरुपता थिएन। स्वयं जिल्ला पार्टी सभापतिदेखि यसअघी समानुपातिकमा सिफारिस भएर सांसद भएकी प्रधानमन्त्री पत्नी आरजु राणाको नाम पनि जिल्ला सभापतिको सिफारिसमा थिएन। जिल्ला सभापतिको सिफारिस अर्को सिफारिसमा थिएन। 

केन्द्रिय समितिले जिल्ला कार्यसमिति मार्फत केन्द्रमा ना सिफारिस गर्न परिपत्र गर्नुभनेपनि आफूहरुलाई अवमूल्यन गर्दै समानान्तर नाम पठाएपछि जिल्ला सभापतिले नेविसंघका अध्यक्ष सहित सो प्रक्रियामा सहभागि सबैलाई अनुसासनको कार्वाहीको माग गर्दै केन्द्रलाई परिपत्र गरे। पार्टी सभापति देउवासँगै नजिक रहेका भनिए पनि एक अर्कामा पानी वारावारको अवस्थामा रहेका यि दुईवटा गुटको व्यवस्थापन हुन नसक्दा सभापतिकै गृहजिल्लामा स्थानिय तहको चुनावमा अपेक्षित परिणाम ल्याउन सकिएकव थिएन। संघ र प्रदेशको चुनाव अघी भएका यो रडाँकोले पनि अबको परिणाम अनुमान गर्न सकिन्छ। 

डडेल्धुरामा काँग्रेस पहिलाको जस्तै वलियो भएको अवस्थामा त्यहाँका काँग्रेस भनाउँदाहरु जुधेका हैनन । अमरगढी नगरपालिकामै एमालेले कम्युनिष्ट झण्डा फरफराउँदा नचेतेका त्यहाँका काँग्रेसीहरुले अबको चुनावमा दुई तीहाई ल्याउने दम्भका साथ ठूला साना कम्युनिष्ट पार्टीहरु एक भएपछि पनि नचेतेको संकेत हो। कार्यकर्ताहरुले त विराएको यो बाटोमा उनीहरुले घुमाउरो पारामा केन्द्रीय सभापतिलाई तान्दा सभापति देउवा पनि निरिह बन्नुपरिरहेको छ।

महाकालीकै कञ्चनपुरमा विपक्षी एमालेका नेता कार्यकर्ताहरुले काँग्रेसकै एक खेमालाई घुमाउरो रुपमा प्रयोग गरिरहेको छ। काँग्रेसले गरेको विकास निर्माण र गरिरहेका प्रयासहरुलाई एक आपसमा जुधाएर एमालेका स्थानिय नेताहरु रमिता हेरिरहेका हुन्छन। काँग्रेसका स्थानिय कार्यकर्ताहरु दुई खेमामा आफूलाई सिया र सुन्नी जस्ता कट्टर बनाउँदै लगिरह्का छन्। नेताहरु टक्टकिन खोजेपनि तिनका कार्यकर्ताहरुले पोखरीको पानीलाई हिलो बनाइहाल्छन्। उनीहरुकै कारण स्थानिय चुनावमा राम्रो परिणाम आउन नसकको बताउने स्थानिय मतदाताहरु फेरि यहि प्रवृती दोहोरिन् होकी भन्ने आशंकाबाट ग्रस्त छन्। उनीहरु भन्छन, ' यस्तो गल्ती गर्न खोज्नेलाई यसपटक कुनै माफ हुँदैन। देश कम्युनिष्टले कब्जा गर्न खोज्दा आफै गाँड कोराकोर गर्छन भने त्यस्तालाई कुनै पनि हालतमा माफी हुन्न। '

काँग्रेसको वरियताको दोस्रो नम्वरमा रहेका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला पनि अछुतो छैन। परम्परागत शत्रुता साँधे झै उनी र अर्का नेता गोविन्दराज जोशीबीच पानी वारावार रहेको छ। त्यो स्थिति यो पटक टिकट वितरणको सिफारिसको लागि जिल्ला कार्यसमितिको वैठक बसिरहदा तनहुँ सदरमुकाममा देखियो। आफूलाई धोका दिएका पौडेललाई यसपटक कुनै पनि हालतमा हराई छाड्ने सम्मका धम्की दिएका जोशीले पौडेलले प्रत्यक्षमा टिकट पाए आफूले पनि पाउनुपर्ने अन्यथा आफू मात्र समानुपातिकमा नबस्ने पौडेल पनि बस्नुपर्ने तर्क गरे। जुलुस सहित दवाव दिन गएका उनले कोण सभा गरेरै आफ्ना कुरा मात्र राखेनन चुनाव जिताउने हराउनेसम्मका चेतावनी नपि दिए। यो घटना पनि वृहत वाम एकताको पहल पछि नै भएको थियो। मानौ त्यो सचेत वाम पहलबारे काँग्रेसका ति नेताहरुलाई केहि थाहा छैन। मानौ उनीहरु देशमा काँग्रेस मात्र छ र काँग्रेसका बीचमा मात्र प्रतिष्पर्धा भइरहेको झै गरिरहेका छन्। 

देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला र मतदाता भएको जिल्ला हो काठमाडौं। २०७०को संविधानसभाको चुनावमा काठमाडौं सहित काठमाडौं उपत्यकाको कुल १५ सीटमा काँग्रेसले १२ र एमालेले २ र नेमकिपाले १ सिटमा जीत  हासिल गरेका थिए। काठमाडौंको १० मा काँग्रेसले ८ सीट जीतेको थियो। काठमाडौंमा पटक पटक हारेको काँग्रेसले एक मतका साथ विपक्षीमाथि धावा बोल्दा २०७० को चुनाव काठमाडौं जिल्ला सहित काठमाडौं उपत्यकामा काँग्रेसले रेकर्ड राखेको थियो। यो रेकर्डले थोर बहुत मात लागेका काँग्रेसीहरु अहिले यो चुनावसम्म आइपुग्दा पार्टी भित्रै एकले अर्कालाई सकाउनेसम्म उत्रिएको आरोप प्रत्यारोमा उत्रिए। स्थानिय तहको चुनावमा पराजित भएको आरोप अर्को गुटलाई लगाएर आफू पानी माथिको ओभानो हुन खोजे। त्यो आरोप प्रत्यारोपको श्रृङखला अबका दुई चुनावसम्म लम्बिने होकी भन्ने चिन्ता यतिखेर ति कथित नेता कार्यकर्तालाई भन्दा बढी काँग्रेसलाई सदा माया गरेर मत दिइरहेका मतदाताहरुलाई परेको छ। 

सबै कम्युनिष्ट एक ठाउँमा उभिदा पनि चेत नखुलेकाहरु काँग्रेस नामका यदुवंशी लडाइका लागि तरवारमा धार लगाएर बसेका छन्। एकले अर्काको अस्तित्व सकाउने लालसाका साथ। यसरी तरवारमा धार लगाएर बसेकाहरु अर्कालाई घात गर्न मौका मात्र कुरेर बसेका छन्। दिन गनिरहेका छन्। बाहिर सफा चट् देखिने अनुहारभित्र कुरुपता लुकाइरहेका छन्। काँग्रेसको १३ औं महाधिवेशनको बेलामा देखिएको गुटहरुलाई नै मलजल गर्दै आएकाहरुले त्यो समय भन्दा माथि आउन नसक्दा अझै समस्या ज्यूँकात्यूँ छ।  यो समस्याका बीचमा पार्टीका आन्तरिक प्रतिष्पर्धामा देखिने गुटहरुलाई यहि थाती राखेर अगाडी जान प्रेरित गर्ने र दवाव दिने काम कार्ययकर्ताहरु हो। तर वफादारिताको नाममा व्यक्ति पूजामा मात्र लिनहरुले यो काम गर्न सक्दैनन। त्यसैले यो काम पार्टीका सच्चा कार्यकर्ताहरुले मात्र गर्न सक्छन। पार्टी बचाउने यो काम गुट बचाउनु भन्दा धेरै ठूलो र महत्वपूर्ण कुरा हो भन्ने बुझ्नु यतिखेर आम कार्यकर्ताहरुको दायित्व हो। यो बुझ्नेले मात्र पार्टीलाई बचाउने मात्र हैन प्रतिष्पर्धामा अव्वल सावित गराउन सक्छ। 

पार्टी सत्ताको लालसा
माथि पेश गरिएका चार जिल्लाका चार अलग अलग उदाहरणले काँग्रेस भित्रको वर्तमान मनस्थिति दर्शाउँछ। यो समाधान गर्न सकिने बिषय हैन। तर यसको हल खोज्ने भन्दा पनि यसलाई बल्झाउने काम भइरहेको छ। नेताहरुले आफ्ना खल्तीका कार्यकर्ता बनाउने नाममा व्यक्तिपिच्छे अलगअलग कुरा गर्दै धाप मार्न थालेपछि समस्या थपिदो छ। यहि चुनावमा पनि नेताहरु चुनाव जित्ने भन्दा पनि टिकट लिने, आफ्नालाई टिकट दिने र आफ्ना भनिएकाहरु र आफू मात्र पार्टी सत्ताको वरिपरि भइराँखु भन्ने मनोविज्ञानमा छन्। जो जुन ठाउँमा प्रभावशाली छ त्यो ठाउँमा अर्कोलाई उपस्थित गर्न सम्म नदिने मानसिकता यो चुनावसम्म आइपुग्दा यसको असर अबका दुई चरणमा पर्ने पक्का छ। यो पटक सरकारमा पुगन् नसकिएपनि पार्टीको सत्तामा मात्र टिकिरहन सकियो भने र्को पटक त सरकार र देशको सत्तामा अधिकार कायम गर्न सकिहालिन्छनी भन्ने सोचले कतिपय नेतामा घर गरिरहेको छ। यसखालका प्रवृती र सोच चुनाव होमिदै गरेको काँग्रेसको लागि घातक छ। के यस्को समाधान नै नभएको हो त?

कस्ले बचाउँछ काँग्रेस?
अनेक समस्याबाट गुज्रिरहेको काँग्रेस आफूलाई सच्याएर जानुपर्ने आवश्यकता छ। यस बीचमा कार्यकर्ताले हस्तक्षेप गरेनन भने यो पटक काँग्रेसलाई अरु पार्टीबाट हैन काँग्रेसबाटै बचाउन गाह्रो पर्छ । काँग्रेस इतिहासकै अत्यन्तै गम्भिर चुनौतिका बीचमा रहेका बेला यसलाई बचाउने जिम्मा पनि यसका देशभरका हजारौ कार्यकर्ता  पटकपटक माया गरेर मत हाल्ने लाखौ मतदाता मात्र हुन। तिनै मतदाताहरुले मत दिइहाल्छन भनेर कार्यकर्ता र मतदातालाई नजरअन्दाज गरियो भने यो पटक काँग्रेसले इतिहासमै सबैभन्दा शर्मनाक पराजय व्यहोर्नु पर्ने हुनसक्छ। तर मिलेर काँग्रेसका सबै नेता कार्यकर्ता सुध्रिएर एक ठाउँमा आए र मिलेर समस्या समाधानको उपाय निकाले भने काँग्रेसलाई विजय नै हात लाग्नेछ। पराजय स्विकार्ने की जीत रोजाई नेताहरुकै।

(शर्मा काँग्रेसका शुभेच्छुक हुन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ