भारतको योजना पूरा गर्न उसैको इसारामा बाम गठबन्धन : विजुच्छे
प्रकाशित २०७४ असोज २३ सोमबार
215
Shares
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भारतको योजना पूरा गर्नको लागि बाम गठबन्धन बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारतकै इसारामा बनेको बाम गठबन्धनका बारे भारतलाई जानकारी नभएको भन्ने विषय हाँस्यास्पद समेत भएको भन्दै बिजुक्छेंले भने, प्रचण्ड र बाबुरामलाई थाहा भएको बिषय भारतलाई थाहा छैन भन्नु हाँस्यास्पद कुरा हो । उनले भारतमै हुर्किएका बाबुराम र प्रचण्डलाई थाहा भएको बिषय भारतलाई स्वतः थाहा हुने समेत दाबी गरे ।
आफूले बिगतदेखि उठाउँदै आएको बिषय भारतले नेपालको सम्बृद्धि हेर्न नचाएको र विस्तारै नेपालमा देखिएको राजनीतिक समीकरण र धु्रवीकरणले प्रष्टाउँदै लगेको समेत टिप्पणी गरे । त्यस्तै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाउँ गाउँसम्म भन्ने नारामात्र सीमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको उनको तर्क छ ।
उनले स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भईसक्दा पनि मेयर उपमेयरको तलबसम्म तोक्न नसक्नुका साथै सरकारले जिल्लातहमा पूर्ण अधिकार दिन नसकेको बताए । जनप्रतिनिधि भन्दा गाउँपालिका र कार्यपालिकामा कर्मचारीकै हावी हुनेले समेत थप प्रष्टाएको उनले बताए । नेपालको कुटनीतिक पक्ष कमजोर हुनुमा नेपालकै सत्तासीन दलहरुले भागवण्डामा राजदूत नियुक्ती गर्नुका साथै बोल्नै नजान्ने र बिहानैदेखि मदिरामा मात्तिनुका साथै कुटनीतिक मर्यादाको समेत जानकारी नभएका राजदुत नियुक्ति गरिनुले नेपालको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै राजदूतलाई दोष दिनुु भन्दापनि तिनलाई नियुक्ति गर्ने दलहरु दोषि रहेको बताए ।
जुनसुकै दलबीच तालमेल र एकता भएपनि नेपाल मजदुर किसान पार्टी कुनै दलसँग पनि तालमेल र एकता नगर्ने बताउँदै उनले आगामी दुबै तहका निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् ।