काठमाडौंमा दिन दहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या
प्रकाशित २०७४ असोज २३ सोमबार
596
Shares
काठमाडौं । काठमाडौंको शान्तिनगर प्रयागमार्गमा गोली चल्दा निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
दिउँसो अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेका गौचनको बानेश्वरको सिभिल अस्पतालमा लैँजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौचनको एउटा गोली मुटुमा, एउटा कलेजोमा र अर्को पेटमा लागेको बताइएकाे छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गौचनलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिएका छन् ।
गौचन चार महिनाअघि भएको ४३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका थिए ।