arrow

फोरमले राजपा र कांग्रेससँग चुनावी तालमेल गर्छ : महासचिव यादव

एमालेसँग गठबन्धनमात्रै होईन एकता नै

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
yadav_ko_news.JPG

काठमाडौं । संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले मधेशी जनताको भावना अनुसार नै आफ्नो पार्टीले राजपा र काँग्रेससँग चुनावी तालमेल गर्ने निर्णयमा पुगेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै महासचिव यादवले चुनावी तालमेललाई लिएर पार्टी एकताको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् । उनले भने, ‘हामी काँग्रेसको गठबन्धनमा छौँ, यो गठबन्धन पार्टी एकताको लागि होईन, चुनावको लागि मात्रै हो, कोही भ्रममा पर्नुहुँदैन, माओवादी र एमालेबीचमा पनि चुनावी तालमेल मात्रै भएको हो, पार्टी एकताको बारेमा सामान्य गृहकार्यले हुन्छ जस्तो मलाई लाग्दैन ।’

आदिवासी, जनजाति, मुस्लिम, थारु लगायत उत्पीडित वर्गको हितमा लड्ने पार्टीको खाँचो भएको भन्दै त्यसको नेतृत्व आफ्नो पार्टीले लिने महासचिव यादवले दाबी गरे ।

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले सरकारमा रहेकै बेला एमालेसँग चुनावी तालमेल नगरेको बरु पार्टी एकता र बृहत्त वामपन्थी एकताको लागि गृहकार्य गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसले माओवादीलाई ईमान्दारिताको हिसावमा नैतिकविहिन भनेर गलत प्रचार गरेकोमा आपत्ति प्रकट गरे ।

उनले भने, ‘काँग्रेस र सभापति समेत प्रधानमन्त्रीले माओवादी केन्द्रलाई अनेक प्रकारले सम्बोधन गर्नुभएको छ, हामी ईमान्दार राजनीतिक गरेका छौँ, सरकारलाई दिएको समर्थन जारी रहन्छ, मुलक र जनताको भलाईको लागि वाम एकता गर्न खोजेका हौ, गृहकार्य तिव्र रुपमा अघि बढ्दैछ ।’

उनले अघि थपे, ‘काँग्रेससँगको तालमेल केवल चुनावको लागि मात्रै थियो, एमालेसँग गरिने गठबन्धन पार्टी एकताको लागि हो, यो आज अचानक आएको कुरा पनि होईन, लामो समयको लगानीमा वाम एकताको सूत्रपात भएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ