arrow

पूर्व सांसद तथा साहित्यकार जबराको निधन, नेकाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । 

जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । 

उनको निधनप्रति नेपाली काँग्रेसले एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीले उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 

काठमाडौँको बबरमहलमा जन्मिएका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गरेका थिए । 

विसं २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए । 

गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उनी नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए । 

स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । 

उनी मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए । 

स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ