arrow

थाइल्याण्डमा आगामी बर्षको नोभेम्बरमा आमनिर्वाचन हुने

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
thailand-prayut---2048396.png

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आगामी बर्षको नोभेम्बर महिनामा थाइल्याण्डमा आमनिर्वाचन हुने जानकारी दिएका छन् । उनले सो मितिमा निर्वाचन हुनेगरी आगामी सन् २०१८ को जुन महिनामा निर्वाचनको घोषणा गर्ने योजना सरकारले बनाएको जानकारी मङ्गलबार दिएका हुन् ।  

थाइल्याण्डमा हाल सैनिक सरकार छ । प्रधानमन्त्री ओचा सन् २०१४ मा तत्कालनी प्रधानमन्त्री यिङलक सिनावात्रालाई अपदस्थ गरी सत्तामा आएका हुन् । सैनिक जर्नेल रहेका ओचाले राजनीतिक दलका क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकोमा उक्त प्रतिबन्ध फुकुवा गर्ने विषयमा आफूले बिचार गरिरहेको पनि बताए ।

उनिमाथि निर्वाचन गरी नागरिकलाई सत्ता हस्तान्तरण गर्न ठूलो दबाब पर्दै आएको छ । हाल यहाँका राजनीतिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकोले सो विषयमा पनि उनको आलोचना हुदै आएको छ । प्रधानमन्त्री ओचाले मङ्गलबारको मन्त्रिपरिषद बैठकपछि सम्वाददाताहरुसँग प्रतिक्रिया दिँदै आगामी वर्षको नोभेम्बार महिनामा निर्वाचन गर्ने खुलासा गरे।

अपदस्थ प्रधानमन्त्री सिनावत्रालाई भने भ्रष्टाचारको मुद्दा लागेको छ । उनलाई पाँच बर्षको जेल सजायको फैसला हालै थाई सर्वोच्च अदालले सुनाएको थियो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ