arrow

उत्तर कोरियाले महत्वपूर्ण दस्ताबेज चारेको दक्षिण कोरियाको आरोप

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
korea.JPG

सोल । उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ती सामाग्रीहरुमा दुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ ।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिएका हुन् । उनले गत सेप्टेम्बर महिनामा उत्तर कोरियाली कम्प्युटर ह्याकरले दक्षिण कोरियाली सेनाको कम्प्युटरमै आक्रमण गरेको जानकारी दिएको समाचारमा जनाइएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ