arrow

अफिम र चरेससहित काठमाडौंमा दुई जना पक्राउ

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
arest-new-a.jpeg

काठमाडौं । लागूऔषध अफिम र चरेससहित काठमाडौंमा दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले २२ किलो चरेस र  दुुई किलो अफिमसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको हो ।

धादिङ किरानचोकका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान पक्राउ परेका हुन् । पक्राउ परेका तामाङ र मोक्तानको साथबाट प्रहरीले विभिन्न देशका मुद्रासमेत बरामद गरेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।

यी दुई लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको व्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार मात्रै राजधानीबाट हतियारसहित दुई भारतीय र ३ नेपाली पक्राउ परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ