arrow

भ्रामक समाचारप्रति कपिलवस्तु कांग्रेसले जनायो आपत्ति

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
nepali-congress-flag.jpg.jpeg

कपिलवस्तु । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागी जिल्लाबाट कांग्रेसका उमेद्वार प्रतिनिधीहरुको नाम सिफारिसमा अनेक मनमानी र विना आधार विभिन्न नेताहरुको नाम विभिन्न संचार माध्यममा प्रकाशन प्रशारण गरेकोमा नेपाली कांग्रेसले गम्भिर ध्यानआर्कषर्ण भएको जनाएको छ ।

 सांसद तथा कांग्रेस कपिलवस्तु सभापति सुरेन्द्रराज आर्चायले कपोकल्पित र स्रोत विना समाचार प्रसारण र प्रकाशन गरी पत्रकारहरुले पार्टीमा अनावश्यक हल्ला खल्ला तथा अनावश्यक प्रचार गरेको आरोप लगाएका छन् । पार्टीले प्रतिनिधी सभा तथा प्रदेश सभाको लागी  उमेद्वारको नाम सिफारिस गर्नको लागी छलफल तथा गृहकार्य गरिरहेको तर हालसम्म कसैको नाम सिफारिस नगरेको हुंदा अनावश्यक रुपमा विभिन्न नेताहरुको नाम सिफारिस भयो भनेर हल्ला खल्ला गरेको मा एक प्रेस विज्ञप्ती जारी खेद व्याक्त गरेका छन् ।

पत्रकर तथा संचार माध्यम विश्वासनिय रुपमा आधिकारीक र तथ्य सहितको समाचार दिनु पर्नेमा मनगडन्ते र पार्टीको स्रोत नखुलाई समाचार दिनु आफैमा राम्रो कार्य नभएको आर्चायले जनाएका छन् । आफुले कुनै संचार माध्ययम र पत्रकारलाई उमेद्वार सिफारिसको जानकारी नदिएको तर समाचारमा पार्टी सभापतिले वताए भनेर समाचार आउदा आफै नै चकित परेको आर्चायले बताए ।  तर्सथ सत्य तथ्य तथा वास्तविक आधार र स्रोत खुलाई समाचार प्रकाशन प्रशारण गर्न समेत कांग्रेस कपिलवस्तुले पत्रकार तथा संचार माभ्यमलाई आग्रह समेत गरेको छ ।

वदलिदो राजनैतिक परिर्वन संगै उमेद्वार छान्न तथा विभिन्न साना दलहरु संग केन्द्रिय समिति र जिल्ला समितिको छलफल भइरहेको हुंदा केही दिनमै सिफारिस हुने उमेद्वारको जानकारी दिने समेत सभापति आर्चायले जनाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ