arrow

उपेन्द्र यादवको नाम मोरङ ५ बाट पनि सिफारिस

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
upendra-yadav-600x0.jpg.jpeg

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नम्बर ५ बाट सिफारिस गरिएको छ । 

यो क्षेत्रबाट यादवको नाम सर्वसम्मत सिफारिस भएको जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए । पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ को विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट पनि यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष राजकुमार यादवले बताएका छन् । २०७० को संविधानसभा निर्वाचनमा यादव सुनसरी–५ बाट विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ