अपाङ्गता भएकाहरु उल्लेख्य संख्यामा दलको सिफारिसमा, समेटिने सम्भावना न्युन
सर्वोच्च अदालतले फैसला गर्दै
प्रकाशित २०७४ असोज २६ बिहिबार
411
Shares
काठमाडौं । अपाङ्गता भएका ब्यक्तिहरु पनि संघीय तथा प्रदेश सभाको निर्वाचनमा बिभिन्न पार्टीहरुबाट उल्लेख्य रुपमा सिफारिसमा परेका छन् । समावेशी र समानुपातिक ब्यवस्थाको आधारमा समाजका सबै तह र तप्काका नागरिकलाई जनसंख्याको आधारमा राजनीतिमा समावेश गर्नु पर्ने संबैधानिक अवस्था गरेको छ ।
महिला, जनजाति, दलित, मुस्लिम, मधेसी लगायतका १५ अनुसूचीहरु मध्ये ६ वटालाई मात्र समावेश गरेको छ । संबैधानिक ब्यवस्था उल्लंघन गरी अपाङ्गता भएका ब्यक्तिहरु अनुसूचीमा सरकारले समेट्न नसकेपछि सरोकारहरुले सर्वोच्च अदालतको ढोका ढक्कढक्याएका छन् ।
संबैधानिक ब्यवस्था बिपरित अनुसूची नबन्दासमेत उल्लेख्य मात्रामा सिफारिस हुनु राम्रो संकेत भए पनि क्लस्टरमा नै पर्ने गरी काम गर्न अझ लड्नु पर्ने अवस्था आएको यस क्षेत्रका अगुवाहरु बताउँदछन् ।
यस सम्बन्धमा परेको मुद्दामा अपाङ्गता भएका ब्यक्तिलाई अनुसूचीबाट किन हटाएको भन्दै सरकारको नाममा समेत मंगलबार न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले कारण देखाउ आदेश दिइसकेको छ ।
साथै असोज २६ गते बिहीबार छलफलको लागि समेत दुबै पक्षलाई बोलाएको छ । बिहीबारै सर्वोच्चले यस बिषयमा किनारा लगाउने छ । ‘हामीलाई पूर्ण रुपमा हाम्रो पक्षमा सर्वोच्चले न्याय दिने कुरामा ढुक्क छौं’, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठले भने ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई संबैधानिक ब्यवस्था अनुरुप नै समेट्दै छुट्टै क्लस्टर बनाएर निर्वाचन प्रकृयालाई नबिथोलिने गरी दलहरु तथा निर्वाचन आयोगले समेट्छ भन्ने बिश्वास रहेको राष्ट्रिय अपाङ महासंघका पूर्व अध्यक्ष बिरेन्द्रराज पोख्रेलले बताए ।
अनुसूची नै हटाए पनि बिभिन्न दलहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई भने उल्लेख्य मात्रामा सिफारिस गरेका छन् । यस कार्यमा नेपाली कांग्रेस त्यसपछि एमाले र अन्य दलहरुले जिल्ला जिल्लाबाट उल्लेख मात्रामा अपाङ्गता भएका ब्यक्तिहरु सिफारिसमा परेका छन् ।
लोकतन्त्रको प्राप्तिको २०६२–०६३ सालको आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरु ह्वीलचियर तथा बिभिन्न सहायक सामाग्रीसहित आन्दोलनको अघिल्लो मोर्चामा आबद्ध भएका थिए ।
त्यो आन्दोलनको अघिल्लो मोर्चाको नेतृत्व गर्ने राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठसमेत कांग्रेस तर्फबाट संघीय सभा समानुपातिक तर्फ सिन्धुपाल्चोक क्षेत्र न १ बाट सिफारिसमा परेका छन् ।
उनी लामो समय देखि आपाङ्गता आन्दोलनको नेतृत्व तहमा रहेर काम गर्दै आएका ब्यक्ति हुन् । अपाङ्गता भएका ब्यक्तिहरुलाई संबिधान बन्दै गर्दा संबिधानबाट नै राजनीतिक अधिकार दिलाउनु पर्छ भन्ने अभियान नै चलाउदा श्रेष्ठ अग्रपंतिमा देखिन्थे ।
त्यसैगरी लम्जुङका कांग्रेसमा पुराना नेता तारा कोइराला पनि संघीय सभा समानुपातिक तर्फ लम्जुङबाट सिफारिसमा परेका छन् । त्यसैगरी प्रदेश प्रत्यक्ष तर्फबाट भक्तपुरमा मदनकृष्ण श्रेष्ठ तथा बाबुकृष्ण सापकोटा धादिङबाट सिफारिसमा परेका छन् ।
त्यसैगरी एमालेसंग निकट भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनले संघीय समानुपातिक तर्फबाट डा विरेन्द्रराज पोखरेल, जगदिशप्रसाद अधिकारी, निर्मला धिताल, कृष्ण गौतम लगायतलाई सिफारिस गरेको छ । उनीहरु पनि अपाङ्गता ब्यक्तिको अधिकारको लागि लाग्दै आएका ब्यक्तिहरु हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभामा सिफारिस भएकाहरु –
प्रतिनिधिसभाका समानुपातिक
१, भोजराज श्रेष्ठ – सिन्धुपाल्चोक १
२, तारा कोइराला – लम्जुङ
प्रदेश सभा प्रत्यक्ष उम्मेद्वार
१, मदनकृष्ण श्रेष्ठ – भक्तपुर
२, बाबुकृष्ण साप्कोटा – धादिङ्ग
प्रदेश सभाका समानुपातिक–
१, गणेशबहादुर खत्री – दाङ्ग
२, कल्पना खड्का – रामेछाप
३, बिकाश थापा – सिन्धुपाल्चोक १ (क)
४ उदयबहादुर लिम्बु – धनकुटा
५, प्रकाश थापा – इलाम
६, गंगा संग्रौला – झापा
७, रमेश पोख्रेल – सुनसरी
८, गंगा वाग्ले – बारा
९, पुष्कर खड्का – दोलखा
१०, प्रेम लामा – सिन्धुपाल्चोक
११, उद्धव कोइराला – काभ्रे
१२, सुनिता तामांग – काभ्रे
१३, किरण शिल्पकार – भक्तपुर
१४, रमा ढकाल – भक्तपुर
१५, शुरेश राजभण्डारी – भक्तपुर
१६, बिष्णुलाल श्रेष्ठ – काठमाडौं
१७, गोपालमान थापा –ओखलढुङ्गा
१८, डेकराज भट्टरार्इ – ओखलढुङ्गा
१९, प्रकाश पन्थ – तनहुँ
२०, विजय बजिमय – कास्की
२१, कुलप्रसाद भट्टराई – स्याङ्जा
२२, बद्रीप्रसाद घिमिरे – रामेछाप
२३, तुलसी बस्नेत – सल्यान
२४, देवा डांगी – दाङ्ग ३
२५, गिरिराज वली – दाङ्ग
२६, कृष्णराज योगी – बर्दिया
२७, मुकेश धामी – बजाङ
२८, अमर सिह
२९, धर्मराज ओझा – कैलाली
३०, गणेश थारु – बर्दिया
३१, उपेन्द्र खडायत – कन्चनपुर
३२, नन्दा बम – बैतडी
३३, बिश्वबिजय घिमिरे – झापा
३४, कौरब खत्री – गुल्मी
३५, पुर्ण कलाथोकी – प्युठान
३६, गणेश भण्डारी – बझाङ्ग
३७, कवि गिरि – बझाङ्ग
३८, हरिशंकर घिमिरे – काभ्रे
३९, शशी बस्नेत – भक्तपुर
४०, बिमबहादुर शाह – कैलाली
४१, मानबहादुर ऐर – बैतडी
एमालेका तर्फबाट किटानी गरी सिफारिस हुनेहरु –
प्रतिनिधि सभा अन्तर्गत लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको तर्फबाट डा विरेन्द्रराज पोखरेल, जगदिशप्रसाद अधिकारी, निर्मला धिताल, देवी बहादुर पोखरेल र कृष्ण गौतम । प्रदेश सभा अन्तर्गत प्रदेश नं १ बाट टिका दाहाल, देवी दाहाल, दोर्णचार्य निरौला, प्रदेश नं २ बाट कुमार रेग्मी र भोला प्रसाद अधिकारी, प्रदेश नं ३ बाट नरबहादुर लिम्बु, महेश्वर घिमिरे, सञ्जय बान्तवा, रमेश लामा र लक्ष्मी महर्जन र देवकोटलाई सिफरिस गरिएको छ ।
त्यसैगरी प्रदेश नं ४ बाट शिशिर खनाल र शोभा पौडेल, प्रदेश नं ५ बाट नेत्रप्रसाद सापकोट, पारेश्वर ढकाल, शिव कुमार ज्ञवाली, चिन्तामणी पौडेल, ध्रुबहरी न्यौपानेको नाम सिफारिस गरिएको छ भने प्रदेश नं ६ बाट गणेशबहादुर केसी र प्रदेश नं ७ बाट महादेब भारतीको नाम सिफारिस गरिएको छ ।