arrow

बैतडीमा किशोरी सम्मेलन, के हुन्छ यसमा ? 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
Baitadi_District.png

बैतडी । बैतडीमा जिल्ला किशोरी सम्मेलन शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा किशोरी सम्मेलन बुधवारदेखि शुरु भएको हो । 

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनले जिल्ला किशोरी सञ्जाल गठन गर्ने संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

बालविवाह न्यूनीकरणको अभियानलाई गति प्रदान गर्नका लागि सञ्जाल गठन गरिन लागेको उनले बताए । सञ्जालमा जिल्लाका विभिन्न ठाउँमा गठन गरिएका किशोरीको सहभागिता रहेकोछ । 

यस्तै सम्मेलनमा किशोरीवृत्त समूहले अहिलेसम्म बालविवाह न्यूनीकरणका लागि गरेका प्रयास, प्राप्त उपलब्धि र चुनौती तथा समस्याका बारेमा छलफल गरिएको छ ।

छलफलमा किशोरीले बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहँदा सुरक्षा चुनौतीसमेत रहेको औंल्याएका छन् । 

बालविवाह न्यूनीकरणका लागि सबै लाग्नुपर्ने 

बालविवाह न्यूनीकरणका लागि सरोकारवाला सबैले लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बुधबार सदरमुकामगढीमा आयोजना गरिएको अन्तर संवाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 

कार्यक्रममा सहभागी किशोरीले बालविवाह न्यूनीकरणका लागि परिवारबाटै अभियान शुरुवात हुनुपर्ने बताएका छन् । बालविवाह न्यूनीकरण अभियान सञ्चालन गर्ने बेला धेरै चुनौती भए पनि पछिल्लो समयमा केही हदसम्म बालविवाह न्यूनीकरण भएको उनीहरुले बताएका हुन् । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बालविवाह न्यूनीकरणका लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताए । 

यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले दशरथचन्द नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका घोषणा गरिने बताए । 

नगरपालिकाभित्र हुने बालविवाह रोक्नका लागि आफूहरुको अभियान जारी रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ