यातायात मन्त्री बलायर सुरुङ मार्गको अध्ययनका लागि जापानतिर
प्रकाशित २०७४ असोज २६ बिहिबार
697
Shares
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर सुरुङ मार्गको अध्ययन गर्न जापान गएका छन् । बुधबार राति साताव्यापी भ्रमणका लागि मन्त्री बलायर जापान गएका हुन् ।
मन्त्री बलायरको भ्रमण टोलीमा मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक लगायत छन् ।
नेपालमा सुरुङ मार्गको सम्भावना अत्यधिक रहेकाले नेपालको सडक पूर्वाधारमा जापान सरकारको सहयोगका लागि मन्त्री बलायरले छलफल गर्ने बताइएको छ ।
जापान भ्रमणका बेला मन्त्री बलायरले जापानका पूर्वाधार मन्त्री लगायत सुरुङ मार्ग सम्बद्ध पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।