- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोलम्बो । श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् ।
विषाक्त खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
कान्डीमा उद्योगले उपलब्ध गराएको विहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम विरामी हुन थालेका थिए ।
खाजा खानेवित्तिकै आफुहरुलाई पेट दुख्ने, असजिलो महशुष हुने, बान्ता हुने लगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् ।
विरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।
घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाई छ । यस महिना यस्तै घटना भएको यो दोस्रो हो ।
झण्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो ।
विहानको खाना खाएपछि उनीहरु विरामी भएका थिए ।